दफा ११
स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्न स्वीकृति लिनु पर्ने

(१) यो ऐन प्रारम्भ भएपछि स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्को स्वीकृति लिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम स्वीकृति दिंदा परिषद्ले तोकिए बमोजिम शर्तहरू समेत राख्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अनुसन्धान” भन्नाले परीक्षण सहितको अनुसन्धान सम्झनु पर्छ ।